काठमाडौं, ७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा नेकपा एकता राष्ट्रीय अभियानका संयोजक वामदेव गौतमले आफ्नो चरित्र हत्या गर्ने दुष्ट प्रयत्न भएको भन्दै आपत्ति जनाएका छन् । आज समाजिक सञ्जाल फेशबुक पेजमार्फत उनले आफू मन्त्री बनेर केपी शर्मा ओली नेतृत्वको सरकारमा जाँदैछ भनेर गलत भ्रामक र दूराशययुक्त समाचार प्रवाहित भएको भन्दै त्यस किसिमका समाचारहरुलाई विश्वास नगर्न आग्रह गरेका छन् । File Photo
उनले लेखेका छन्-
प्रेस विज्ञप्ति:
मेरो चरित्र हत्यागर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ। केही संचार माध्यमले केपि वली नेतृत्वको वर्तमान सरकारमा गृह मन्त्री वनेर वामदेव जादैछन् भन्ने ग़लत भ्रामक र दूराशययुक्त समाचार प्रवाहित गरिएको छ।
मेरा सवै मित्रहरुलाई यसकिसिमका भ्रामक समाचारहरुलाई विश्वास नगर्नुहुन हार्दिक अनुरोध गर्दछु!!
वामदेव गौतम
संयोजक
नेकपा एकता राष्ट्रीय अभियान
७।११।२०७७