Logo

संसद् पूनःस्थापना भएपछि ओलीको असंवैधानिक कदम सच्चिने पौडेलको विश्वास



फागनु ७, काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रतिनिधि सभा विघटनका बारेमा पार्टीमा कुनै पनि प्रकारको भिन्न मत नभएको बताएका छन् । नुवाकोट कांग्रेसको नवनिर्मित भवन उद्घघाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभा विघटनका बारेमा कांग्रेसमा फरक–फरक मत नरहेको बताएका हुन् ।

“पदाधिकारी बैठकले संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भनेको थियो । केन्द्रीय कार्यसमिति बैठकले पनि पदाधिकारी बैठककै निष्कर्षलाई पारित गरेको छ,” नेता पौडेलले भने, “बहुमतले होइन । सर्वसम्मत निर्णय गरेको हो ।

संसद् विघटनका बारेमा कांग्रेसमा फरक–फरक मत छैन ।” उनले कांग्रेस स.विधानवादमा विश्वास राख्ने पार्टी भएको प्रष्टिकरण दिँदै प्रतिनिधि सभा विघटनका विषयमा कांग्रेस कतै पनि नअल्झिएको जिकिर गरे । नेता थापाले कांग्रेसले सर्वोच्च अदालततको स्वतन्त्रता र निष्पक्षतालाई कायम गर्ने काम गरेको भन्दै अदालतलाई कांग्रेसको मान्यता सुरक्षित गरिदिन पनि आग्रह गरे । “म सम्माननीय अदालतका न्यायाधीशज्यूहरुलाई भन्न चाहन्छु शक्ति पृथकीकरणको सिन्द्धान्तलाई कांग्रेसले मान्दछ ।

अदालतको स्वतन्त्रता र निष्पक्षतालाई कायम गर्ने काम कांग्रेसले गरेको हो । त्यसैले कांग्रेसको मात्यतालाई तपाईंले सुरक्षित गर्दिनुस्,” उनले भने । नेता पौडेलले अदालतले स.विधानको धाराभित्र बसेर फैसला गर्ने भन्दै प्रतिनिधि सभा पुनःस्थापना भएपछि सरकारको असंवैधानिक कदम सच्चिने पनि बताए । “अदालतले पनि संविधानको धाराभित्र बसेर निर्णय गर्ने हो ।

अदालतले संविधान संशोधन गर्न मिल्दैन,” पौडेलले भने, “अदालतले संविधानभित्रै शब्दलाई प्रयोग गरेर निर्णय गर्ने हो । त्यसकारण यो असंवैधानिक कदम संसद् पुनःस्थापना पछि सच्चिने छ ।” उनले गणतन्त्र विरोधीले गणतन्त्रको नेतृत्व गरेका कारण मुलुक संकटमा फसेको पनि टिप्पणी गरे । “गणतन्त्रको नेतृत्व गणतन्त्र विरोधीले नेतृत्व गरेपछि फस्टाउने कुनै भएन,” नेता पौडेलले भने, “यो भनेको बदरलाई कमैबारी हेर्न लगाउनु जस्तो हो ।”



प्रतिक्रिया दिनुहोस्