काठमाडौं, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले संसद विघटनसम्बन्धी मुद्दाको फैसला यही फागुन १५ गतेभित्रै आउने विश्वास दिलाएका छन् । आज विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यो मुद्दामा अदालतले फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म फैसला गर्ने पनि उनले विश्वास दिलाए । उनले अदालतले के गर्ला ? भनेर आफू कानूनको विद्यार्थी भएको नाताले नबोल्ने पनि प्रतिक्रिया दिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा जाने निर्णय गरेको कुरा यताउति नहुने भनेर आफूहरुलाई विश्वास दिलाएको नेम्वाङले सुनाए। FilePhoto/ReportersNepal