Logo

ओलीको चेतावनी : सेटिङ भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने आन्दोलन अगाडि बढ्छ



काठमाडौं, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक चुनावमा गैसकेकोले अब त्यसको तयारीमा लाग्न नेता÷कार्यकर्तालाई आग्रह गरेका छन् । आज (शनिबार) विराटनगरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘कुनै प्रकारको जालझेल, षड्यन्त्र, तिकडम, सेटिङ, केही भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ । फेरि पनि हामी त्यस्ता शक्तिहरुलाई पराजित गर्छौं । त्यसकारण म आग्रह गर्न चाहन्छु तपाईँहरुलाई, आत्मविश्वासको साथ, धैर्यताको साथ देश र जनता, लोकतन्त्र, सुशासन र विकास यस्तो कुरालाई मूल मन्त्र मानेर अगाडि बढ्नुहोस ।’



प्रतिक्रिया दिनुहोस्