काठमाडौं, ८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई दबाब दिएको भन्दै आलोचना गरेका छन् । आज सामाजिक सञ्जाल टिव्टरमा शर्माले लेखेका छन्–”अदालत दबाबमा नपरोस् भन्ने तर चर्को दबाबको अभिव्यक्ति राख्ने @Pm_Nepal को विराटनगर मन्तव्य पदिय गरिमा विपरीत छ ! न्यायालयको फैसला स्विकार्छौं कहिलै नभन्ने र चेतावनी प्रशारण गर्ने जंगे शैली लोकतान्त्रिक हुन सक्दैन l”
ओलीको चेतावनी : सेटिङ भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने आन्दोलन अगाडि बढ्छ