Logo

बाबुराम भट्टराईको ट्युमर भएको आशंकापछि उपचारका लागि दिल्ली जाँदै



काठमाडौं, ९ फागुन । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि नयाँ दिल्ली जाँदैछन् । उनको ट्युमर भएको आशंकापछि उपचारका लागि दिल्ली जान लागेका हुन् ।

जनता समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहेका डा. भट्टराईले सामाजिक सञ्जालमा नेपालका वरिष्ठ चिकित्सकहरुको सल्लाह बमोजिम आज दिल्ली प्रस्थान गर्न लागेको जानकारी गराएका छन् । त्यहाँ उनको इन्स्टिच्युट अफ लिभर बाइलरी साइन्सेसमा उपचार हुनेछ ।

बाबुरामको पेटमा समस्या देखिएपछि लामो समयदेखि निदान अस्पतालमा परीक्षण उपचार भइरहेको थियो । चिकित्सकहरुले न्युरो इन्डोकाइनको ट्युमर भएको आशंका गरेपछि थप परीक्षण उपचारका लागि दिल्ली जान सिफारिश गरेका हुन् ।

पछिल्लो समय नेपालमा राजनीतिक संकट गहिरिदै जाँदा नेताहरुको स्वास्थ्योपचारका लागि दिल्ली जाने क्रम बढेको छ । यसअघि पूर्व प्रधानमन्त्री झलनाथ खनाल र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि उपचारका लागि दिल्ली पुगेर फर्किएका छन् ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्