Logo

प्रदेश १ को संसद बैठक बस्दै, अविश्वासको प्रस्ताव टेवल गर्ने तयारी



काठमाडौं, ९ फागुन । प्रदेश १ को प्रदेशसभा बैठक आज दिउँसो २ बजे बस्दैछ । तर, आजको बैठक सरकारले नै अवरोध गर्ने भएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध संसद् सचिवालयले आजको बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने तयारी छ । त्यही भएर नेकपा ओली समूहले बैठक अवरुद्ध गर्ने तयारी गरेको छ ।

यसअघि गत माघ २५ को बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची थियो । तर सत्तारुढ नेकपा ओली समूहले नै अवरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आजसम्मका लागि बैठक स्थगित गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्