Logo

प्रधानमन्त्रीले आन्दोलन गर्छु भन्नु अदालतलाई दबाब र प्रभावमा पार्न खोज्नु हो : महासचिव पौडेल (भिडिओसहित)



काठमाडौं, ९ फागुन । नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौडेलले संसद विघटन गर्ने अधिकार संविधानमा नराखिएको दृष्टान्त सुनाए । २०७२ को संविधान धारा ७६ राख्नुको कारण फूट टर्ममा सरकारले काम गर्न पाओस भनेर राखिएको उनले सुनाए ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अहिलेको संसद् विघटन संविधानसम्मत् नभएको भन्दै संसद पूनःस्थापना हुनुपर्ने पनि धारणा राखे । उनले कसैले पनि न्यायालयलाई दबाबमा पार्न नहुने धारणा राखे ।

आफूहरुको पक्षमा फैसला नभए आन्दोलन जाने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको कुरामा आफ्नो पूर्ण असहमति रहेको पनि उनले स्पष्ट पारे । उनले भने,‘यो उहाँको पदीय जिम्मेवारी अनुसारको अभिव्यक्ति होईन् ।’ प्रधानमन्त्री ओलीले आफूहरुको पक्षमा फैसला नआए आन्दोलन गर्छु भन्नु अदालतलाई दबाब र प्रभावमा पार्न खोज्नु रहेको उनको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्