बैतडी, फागुन १३ । भागरथी हत्या प्रकरणको सफल अनुसन्धान गर्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीसहितका ५ प्रहरी पुरस्कृत भएका छन्।
प्रहरी प्रधान कार्यालयले घटनास्थल पुगेर घटनाको सफल अनुसन्धान गरेको भन्दै प्रहरी नायब महानिरीक्षक सुवेदीसहितका प्रहरीलाई अभिलेखमा जनाउनेगरि नगदसहित पुरस्कृत गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले बताए।
पुरस्कृत हुने अन्य प्रहरीमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी_ नारायणप्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी पञ्चकुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्षमा दरबन्दी रहेका प्रहरी नायब निरीक्षक दुर्गा कुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरबन्दीका प्रहरी जवान अशोक बहादुर कुँवर रहेको उनले बताए।