काठमाडौं, १४ फागुन । मन्त्रिपरिषद बैठक बस्दैछ । प्रतिनिधिसभा पूनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि आज पहिलोपटक मन्त्रिपरिषदको बैठक बस्न लागेको हो । बैठक साँझ ५ बजे बस्ने तय भएको छ ।
आजको बैठकमा सर्वोच्च अदालतको फैसलाअनुसार १३ दिनभित्र संसद् बैठक बोलाउनुपर्ने भएकोले त्यसको लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्ने बुझिएको छ । हिजो साँझमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । सर्वोच्चको फैसलापछि पहिलोपटक प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच हिजो भेटवार्ता भएको थियो ।