काठमाडौं, १८ फागुन । प्राइम कमर्सियल बैंकले निष्कासन गर्ने ऋणपत्रको मिति सारिएको छ । बैंकको अनुसार फागुन १९ गते (भोली) बाट निष्कासन गर्ने भनिएको ऋणपत्रको मिति फागुन २८ गतेलाई सारेको हो ।
बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्रि खुल्ला गरेको थियो । ‘८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ नामको उक्त ऋणपत्र मध्ये १४ लाख कित्ता सर्वसाधारणको लागि, व्यक्तिगत संघ संस्थालाई २१ लख कित्ता बिक्रि गर्ने बैकले जनाएको छ । ऋणपत्रमा न्युनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि इच्छुकले आवेदन दिन सक्ने भएका छन् ।