Logo

‘कांग्रेस र प्रचण्ड-माधव पक्ष मिलेर भएपनि ओलीजीलाई हटाउनुपर्छ : महामन्त्री कोइराला



काठमाडौं, १९ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफ्नो पार्टी र नेकपा दाहाल–नेपाल पक्ष मिलेर भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनुपर्ने बताएका छन् । बुधबार चितवनमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘‘कांग्रेस र नेकपाको प्रचण्ड(माधव पक्ष मिलेर भएपनि ओलीजीलाई हटाउनुपर्छ । त्यसपछि मुलुकलाई निकास दिने र निर्वाचन गर्नसक्ने गरी कांग्रेस सरकारमा जानुपर्छ ।’

उनले आफ्नो पार्टी मुलुकलाई निकास दिन सक्षम रहेको बताए । उनले आवश्यक परे सरकारको नेतृत्व पनि गर्नुपर्ने धारणा राखे । कोइरालाले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको भन्दै आफ्नो पार्टी ओलीविरुद्ध उभिने प्रतिक्रिया दिए । उनले अब ओलीको कदमविरुद्ध रहेका सबै दलहरुबीच सहकार्य हुनुपर्नेमा पनि जोड दिए । File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्