काठमाडौं, १९ फागुन । ज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले निष्कासन गर्न लागेको आईपीओको निष्कासन मिति २ दिन अगाडी सारेको छ । कम्पनीले फागुन २३ गते निष्कासन गर्न लागेको आईपीओ २ दिन अगाडी सारेर फागुन २१ गते निष्कासन गर्ने भएको हो ।
सिडिएस एण्ड क्लियरिङको आग्रहमा शेयर निष्कासन मिति सारेको कम्पनीले जनाएको छ । इन्स्योरेन्सले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ फागुन २१ गते निष्कासन गर्नेछ ।
कम्पनीको अनुसार निष्कासन गर्न लागेको जम्मा ६६ लाख कित्ता आईपीओमध्ये ५ प्रतिशत वा ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत कित्ता सामुहिक लगानी कोषहरुमा सुरक्षित गर्ने भएको छ । बाकी रहेको ५९ लाख ४० हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवदेन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।