काठमाडौं, १९ फागुन । सरकार र नेत्रविक्रम चन्द विप्लव समूहको दोस्रो चरणको वार्ता सम्पन्न भएको छ । यसअघि विहान पनि उनीहरुबीच वार्ता भएको थियो । दोस्रो चरणको वार्ता अहिले साँझ सम्पन्न भएको सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जानकारी दिएका छन् ।
विप्लव समूहमाथि लगाईएको प्रतिबन्ध आजै हटाउने तयारीमा सरकार
विप्लवसँगको वार्ताबारे गृहमन्त्री बादलको प्रतिक्रिया : छिट्टै सुखद् परिणाम आउने अपेक्षा छ
उनले सामाजिक सञ्जालमा वार्ताबारे यस्तो लेखेका छन्-“दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न भयो । वार्ता बिषय केन्द्रीत भएको,दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।”