काठमाडौं, २१ फागुन । नेत्रविक्रम चन्द विप्लव दुई वर्षपछि सार्वजनिक भएका छन् । सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएको भोलिपल्ट अर्थात आज विप्लव नवलपरासीबाट सार्वजनिक भएका हुन् ।
सरकारसँगको सहमतिबमोजिम आज विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम छ । त्यसको लागि उनी नवलपरासीबाट काठमाडौंतर्फ हिँिडसकेको जनाईएको छ । नवलपरासीमा विप्लवले सहिद परिवारलाई भेटेका थिए । र, उनलाई सहिद परिवारले रातो अविर लगाईदिएक थिए ।