Logo

संसद् अवरोध हुने संकेत



काठमाडौं, फागुन २३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आफ्नो दललाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले गर्ने व्यवहारका आधारमा सदन चल्न दिने वा नदिने भन्नेबारे छलफल गरिरहेको छ। सो समूहले सभामुख सापकोटाले बैठकमा पुष्पकमल दाहाललाई दलको नेताका रूपमा बोलाए त्यो वैधानिक बाटो नहुने भन्दै सदन अवरोधको तयारी गरिरहेको जनाइएको छ।

‘आइतबारदेखि सदन चल्दैछ। नेकपा औपचारिक रूपमा विभाजन भएको छैन। सभामुखले दलको नेताका रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन नगरी प्रचण्ड ९पुष्पकमल दाहाल० लाई गर्न खोजे त्यसको प्रतिवाद गरिनेछ,’ ओली समूहका एक सांसदले भने। उनका अनुसार सभामुख सापकोटाले मुख्य सचेतक विशाल भट्टराईलाई मान्यता नदिई कार्य व्यवस्था तथा परामर्श समितिको बैठक बोलाएमा र भट्टराईले समय माग्दा पनि सभामुखले समय नदिएकाले संसद् बैठकमा प्रधानमन्त्री ओलीलाई सभामुखले नेकपा संसदीय दलको नेता नमान्ने संकेत देखिएको हुँदा त्यसको प्रतिवादमा ओली समूहले तयारी थालेको हो।

‘धेरै विषय सभामुखमा निर्भर रहन्छ,’ ओली समूहका एक सांसदले भने, ‘वैधानिक बाटो छाडेर चोरबाटोबाट आउनेहरूलाई सभामुखले मान्यता दिने कुरा सह्य छैन।’ ओली समूहले विभिन्न रणनीति अख्तियार गर्न सक्ने भन्दै दाहाल–नेपाल समूहले भने अविश्वासको प्रस्ताव दर्ताको तयारी गरेको छ। ‘हेरौं न, अविश्वासको प्रस्ताव कसले पेस गर्दो रहेछ, कुन ारमा अविश्वासको प्रस्ताव आउँछ। हामी त्यसैअनुसार धारणा बनाउनेछौं,’ ती सांसदले भने।

बालुवाटारनिकट स्रोतका अनुसार कांग्रेससँग पनि यो विषयमा छलफल भइरहेको छ। कांग्रेस तत्कालै अविश्वासको प्रस्ताव लिएर आउनेरनआउने भन्ने निक्र्योमा पुगिनसकेकाले अहिलेलाई सभामुखको व्यवहारलाई हेरेर मात्रै सदनमा ओली समूहको उपस्थिति रहने बताइएको छ। ‘प्रधानमन्त्री ओली यतिबेला विश्वासको मत माग्ने अवस्थामा हुनुहुन्न। उहाँले संसद्मा आउने अविश्वासको परिणाम नै स्वीकार गर्ने हो तर त्यो अविश्वासको प्रस्ताव वैधानिक बाटोबाट आउनुपर्‍यो नि,’ बालुवाटारनिकट स्रोतले भन्यो, ‘निर्वाचन आयोगले नेकपासम्बन्धी विवाद टुंग्याएको छैन। कानुनी रूपमा दल विभाजन भएको छैन। त्यसैले प्रचण्डलाई संसदीय दलको नेता मान्ने आधार छैन।’

संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले कसैको दबाब र प्रभावमा नपर्न सांसदहरूलाई निर्देशन थिए।

शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आफू पक्षीय संसदीय दलको बैठकमा ओलीले आफूहरू बहुमतमा रहेको तथा बहुमत जुटाउने जिम्मा आफ्नो भएको उल्लेख गर्दै अन्य समूहतिरको प्रलोभनमा नपर्न र परिस्थितिको डटेर सामना गर्न निर्देशन दिएका थिए। उनले दाहाल–नेपाल समूहको घेराबन्दीमा परियो भन्ने नठानी घेरा तोड्न आग्रह गरेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्