बैतडी, फागुन २३ । ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई आज २३ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइनका लागि ४८ वटा खोप केन्द्र तोकिएको छ । दोस्रो प्राथमिकताको पहिलो चरणमा जिल्लाका ५ स्थानीय तहका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको हो ।
जसका लागि प्रत्येक वडामा गरी ४८ खोप केन्द्र तोकिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । फागुन २७ गतेसम्म सञ्चालन हुने अभियानमा खोप लगाउन आउने व्यक्तिले उमेर खुल्ने परिचयपत्र अनिवार्य ल्याउनुपर्नेछ ।१० स्थानीय तहमध्ये चिकित्सक भएका ५ स्थानीय तहमा मात्रै हाल खोप अभियान सञ्चालन गरिन लागिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।