काठमाडौं, २३ फागुन । माधव कुमार नेपालले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीको पदको वैधानिकतामा प्रश्न उठाएका छन् । संसद बैठक बहिष्कार गरेर बाहिरिने क्रममा नेता नेपालले यस्तो बताएका हुन् । उनले भने,‘आजबाट ओलीले वैधानिकता गुमाए । तत्काल राजीनामा दिनुपर्छ । यो सरकारको आयु सकियो। पूर्वमाओवादीले समर्थन फिर्ता लियो भने आयु सकियो।’ ओली नेतृत्वको सरकारको औचित्य अब सकिएको उनको टिप्पणी छ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम