काठमाडौं, २६ फागुन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सत्ता साझेदारीको विषयमा छलफल गर्न माओवाद्यी पार्टी मुख्यालय पेरिसडाँडा पुगेका छन् ।
यसअघि प्रचण्डले हिजोमात्रै जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने विषयमा केन्द्रित भएर छलफल गरेका थिए । उक्त भेटमा जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवपनि सहभागी रहेको जनाईएको छ ।
जसपाका अध्यक्ष ठाकुर र नेता महतोले प्रधानमन्त्री ओलीसँग सत्ता साझेदारीको लागि पहल गरेको हल्ला चलेको छ । तर, नेताहरुले रेशम चौधरीको रिहाई र मुद्दा फिर्ताबारे मात्रै कुरा गरिएको जनाएका छन् ।