काठमाडौं, फागुन २९ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १२ पुसमा कार्यभार सम्हाल्दै भनेका थिए, ‘रहस्यमय भाइरसको चपेटामा छौं। कोरोनाविरुद्धको भ्याक्सिन प्रभाव हेर्न त बाँकी नै छ। तर, जनतालाई निःशुल्क खोप उपलब्ध गराउने अठोटसाथ अघि बढ्छौं।’
भारतीय राजदूत विनयमोहन क्वात्रा १६ पुसमा मन्त्री त्रिपाठीलाई बधाई एवं शुभकामना दिन पुगेका थिए। सोही बेला मन्त्री त्रिपाठीले खोप उपलब्धताका लागि सहजीकरण गरिदिन राजदूत क्वात्रासमक्ष आग्रह गरे। त्यसपछि मन्त्री त्रिपाठी विभिन्न मुलुकका राजदूत र कूटनीतिक निकायमा पनि खोपका लागि अग्रसर भएका थिए।
सार्क मुलुकमा भारतले पहिलो पटक माघ ३ गते खोप अभियान सुरु गरेको थियो। त्यसपछि यो क्षेत्रमा खोप पाउनेमा दोस्रो बन्यो नेपाल। हामीकहाँ माघ १४ गते सुरु गरिएको अभियान दोस्रो चरणमा पुगेको छ। यो अवधिमा झन्डै ४।५ प्रतिशत जनसंख्याले खोप लगाएका छन्। जब कि भारतमा कुल जनसंख्याको १।४ प्रतिशत ९बुधबारसम्म०ले मात्रै लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ।
भारतले सुरुमा १० लाख डोज कोभिसिल्ड खोप नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको थियो। भारतकै सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ नेपालीले लगाएका छन्। दोस्रो चरणमा बिहीबारसम्म ९ लाख ११ हजार ९ जनाले लगाएको स्वास्थ्य सेवा विभागको
खोप शाखा प्रमुख डा झलक गौतमले बताए। डा गौतमका अनुसार ‘खोप कभरेज’ कुल जनसंख्याको ४.५ प्रतिशत छ।‘खोप कभरेजमा हामी भारतभन्दा अगाडि छौं’, डा गौतमले भने, ‘सार्क मुलुकमा हामी दोस्रो स्थानमा छौं। पहिलो स्थानमा माल्दिभ्स छ। खोपको सुरुवात त र कभरेज गर्नेमा नेपाल उदाहरणीय बनेको छ।’ उनका अनुसार सयभन्दा बढी मुलुकले अझै खोप पाएका छैनन्। अन्नपूर्ण पोस्ट् दैनिकबाट