Logo

भेटिएको ९८ हजार फिर्ता



खोटाङ, फागुन २९ । खोटाङका नेविसंघ नेता किसन भुजेलले भेटेको पैसा प्रहरीलाई बुझाएका छन् । नेविसंघका जिल्ला सहसचिव भुजेलले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित ‘रक गार्डेन’ मा बिहीबार फेला पारेको ९८ हजार रकम इलाका प्रहरी कार्यालय हलेसीलाई बुझाएका हुन् ।

भुजेलले ‘रक गार्डेन’ मा घुमफिर गर्ने क्रममा ९८ हजार रकम, सामसुङ मोबाइल लगायत राखिएको झोला फेला पारेका थिए । भुजेलले भेटेको रकम हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकै आशिष राईको भएको खुलेको छ । प्रहरीले बिहीबार नै राईलाई नगद, मोबाइल बुझाएको जनाइएको छ । राई आफ्नै गाउँमा तरकारी उत्पादन गर्ने कृषक हुन् । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्