विराटनगर, चैत १ । परिवारले उपचार खर्च तिर्न नसकेपछि न्युरो अस्पतालले १८ वर्षीय कैशाल कापरको शव दिन अस्वीकार गरेको छ।
धनुषाको धनुषधाम–४ हरिपुरका कापर फागुन १२ गते मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका थिए। त्यसपछि न्युरोमा भर्ना भएका कापरको २० गते उपचारकै क्रममा मृत्यु भएको थियो। तर, उपचार खर्च नतिरेको भन्दै अस्पतालले कापरको शव परिवारलाई नबुझाएको हो। अन्नपूर्ण पोस्ट् दैनिकबाट