Logo

दूधको एक अर्ब बक्यौता



पोखरा, चतै १। सरकारी तथा गैरसरकारी डेरी उद्योगहरूले चार महिनादेखि दूध किसानको बक्यौता रकम दिएका छैनन् । औपचारिक तथा अनौपचारिक क्षेत्रको उद्योगीहरूबाट किसानले पाउन पर्ने करिब एक अर्ब रुपियाँ बक्यौता रहेको केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष नारायण देवकोटाले जानकारी दिए ।
दूध उत्पादनको क्षेत्रमा करिब पाँच लाख किसान आबद्ध छन् ।

उनीहरूले दैनिक सात लाख लिटरभन्दा बढी दूध उत्पादन गरिरहेका छन् । ती सबै दूध डेरी उद्योगीहरूले सहकारीमार्फत वा सीधै किसानबाट खरिद गर्छन् । विगत चार महिना किसानले भुक्तानी पाउन नपाएको गुनासो गरेका छन् ।अध्यक्ष देवकोटाले भने ‘दूध बेचेर नै गुजारा गर्ने किसानले महिनौसम्म भुक्तानी नपाउँदा निकै समस्या छन् । बैङ्कको ऋण तिर्न र गाई गोरुका लागि दाना खरिद गर्न सकिरहेका छैनन् ।

गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव सबनव सिवाकोटीले पनि डेरी उद्योगीले किसानलाई भुक्तानी नदिएकाले गुनासो बढेको बताए ।
अधिकांश ठाउँका किसानले गण्डकी प्रदेश सरकारसमक्ष दूध बिक्रीबापतको भुक्तानी पाउन नसकेको गुनासो गरेका छन् । उहाँले भन्नुभयो, दूध किसानले पनि उखु किसानको जस्तो नियमित भोग्न नपारोस् ।

डेरी उद्योगीहरू किसानबाट आफूहरूले दूध खरिद गरे पनि कोरोनाका कारण त्यो बिक्री नभएका कारण समस्या उत्पन्न भएको बताउँछन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्