काठमाडौं, १ चैत्र । सिरहाको लहान बम बिस्फोटमा परी गम्भीर घाइते भएका दिनेशकुमार भण्डारीलाई उपचारको लागि काठमाडौं ल्याईएको छ । उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याईएको हो । घाईते घण्डारीको तिघ्रा पिठ्यूँसहित शरीरका विभिन्न अंगमा बमको छर्रा लागेको छ।
उनी धनगढीमाई नगरपालिका-१३का स्थानीय हुन्। बम विस्फोटमा परी भण्डारीसहित ६ जना घाईते भएका थिए । अरुको स्वास्थ्य अवस्था सामान्य रहेपनि भण्डारीको अवस्था गम्भीर भएकोले उनलाई थप उपचारको लागि काठमाडौं ल्याईएको हो । तस्बिर : राजेशकुमार महतो/फेसबुक