Logo

माधव नेपाल पक्षले राष्ट्रिय भेला नरोक्ने, ओलीले बोलाएको चियापानमा पनि नजाने



काठमाडौं, २ चैत्र । नेकपा (एमाले) का वरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाल पक्षको बैठक सम्पन्न भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा बसेको बैठकले यही चैत्र ४ र ५ गतेको लागि आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निश्कर्ष निकालेको छ ।

आज विहान प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षसँगको भेटवार्ता सकारात्मक नभएको कुरा नेता नेपालले ब्रिफिङ गरेका थिए । र, आफ्नो पक्षले आयोजना गरेको भेला कुनैपनि हालतमा नरोक्ने निश्कर्ष निकालेको एक नेताले जानकारी दिए । र, ओली पक्षले बोलाएको चियापानमा पनि नजाने निर्णय गरेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्