काठमाडौं, ३ चैत्र । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । आज उनले वीर अस्पताल पुगी खोप लगाएका हुन् ।
पासाङले खोप लगाएपछि चिकित्सकहरुसँग खोप अभियानबारे समेत जानकारी लिएका थिए । खोप लगाउँदा उपराष्ट्रपति पुनका निजी चिकित्सक डा. शिवजी सिलवाल पनि उपस्थित थिए ।