Logo

अपराह्नपछि चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना



काठमाडौं, चैत ६। देशभरको मौसममा आज आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र हावाहुरीसहित वर्षा हुने भएको छ ।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव बढ्दै गएको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । विभागका अनुसार आज पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ ।

बिहानपख घाम लागे पनि दिउँसोदेखि स्थानीय वायु सक्रिय भई पहाडी भूभागमा पानी पर्ने सम्भावना देखिएको हो । हाल देशभर आंशिकदेखि सामान्य बदली छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्