Logo

विपत् न्यूनीकरणको पूर्वाभ्यास थालियो



काठमाडौं, चैत ८ । नेपाल सरकारले आउँदो वर्षात्को सम्भावित विपद् न्यूनीकरणको पूर्वाभ्यास प्रि–मनसुनमै सुरु गरेको छ । गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयुक्त पहलमा सम्भावित विपद् न्यूनीकरणको पूर्वाभ्यास सुरु गरिएको हो ।

प्राधिकरणका प्रमुख अनिल पोखरेलले प्रि–मनसुन सुरु भएलगत्तै विज्ञ तथा उच्च अधिकारीसहितको टोलीले देश दौडाहा गरेर सम्भावित विपद् र त्यसका विरुद्ध गर्नुपर्ने कामको विवरण सङ्कलन गरिरहेको बताए।

उनले विगतमा पूर्वतयारी नहुँदा विपद्को जोखिम बढ्नुका साथै बढी जनधनको क्षति भएकाले यसपटक प्रि–मनसुनमै सम्भावित जोखिमको आकलन र त्यसविरुद्धको रणनीति निर्माणका लागि जुटेको जानकारी दिए ।

गत वर्ष पहिरो गएको क्षेत्र यस पटकको वर्षामा पनि उच्च जोखिम रहन्छ । जहाँ गत वर्ष तटबन्ध फुटेको तराईका भूभाग टाल्न नसके थप जोखिम बढ्ने खतरा देखिएको छ । फुटेका ड्याम फेरि बाँध्ने प्रक्रिया अघि बढाउनुपर्नेछ ।

प्राधिकरणका उपसचिव वेदनिधि खनालले गत वर्षको विपद्मा परेकालाई घर बनाउने अभियानका लागि लाभग्राही पहिचानको कामसँगै जोखिम क्षेत्रको अवस्था बुझ्ने काम पनि सँगै भइरहेको जानकारी दिए । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्