Logo

चलचित्र उपकरण संघमा नयाँ नेतृत्व चयन



काठमाडौं, ८ चैत्र । नेपाल उपकरण संघमा विश्व प्रकाश गौचनको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । फिल्म छायांकनमा आवश्यक सामान उपलब्ध उपकरण गराउने व्यवसायीहरुको छाता संगठन चलचित्र उपकरण संघको नयाँ नेतृत्वले शनिबार चलचित्र विकास बोर्डमा पद तथा गोपनियताको सपथ लिएका हुन् ।

गत असोज ५ गते नै सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरे पनि लकडाउनको कारण शपथ ग्रहण रोकिएको थियो । शनिबार उपाध्यक्ष रमेश बुढाथोकी, महासचिव केशब घिमिरे, कोषाध्यक्ष जीवन थापा, सदस्यहरु माधव थापा, मनोजराज भण्डारी, रुद्र गुरुङ, विश्व कल्पित लगायतले शपथ लिएका हुन् । कार्यक्रम चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्