Logo

भूकम्पपछि बनेका घरको संरचना विस्तार गर्न कार्यविधि



काठमाडौं, चैत १० । २०७२ को भूकम्पपछि पुनर्निर्माण गरिएका निजी आवास तथा घरहरूको संरचना थप विस्तार गर्न मिल्नेगरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कार्यविधि तयार गरेको छ । भूकम्पपछि पुनर्निर्माण भएका ‘लोड बियरिङ’ घरहरूमा लाभग्राहीले कोठा तथा तला थप्न थालेपछि त्यसलाई भूकम्प प्रतिरोधी नै कायम गर्न सकियोस् भन्ने उद्देश्यले प्राधिकरणले कार्यविधि तयार गरेको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन)ले भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल ९एनसेट०को प्राविधिक सहयोगमा कार्यविधि तयार गरेको हो । सोमवार यस विषयमा काठमाडौंमा अन्तरक्रिया गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पप्रतिरोधी घरमा संरचना थप्ने लाभग्राहीको चाहनालाई ध्यानमा राखेर कार्यविधि तयार गरिएको बताए ।

कार्यविधि कार्यान्वयनको केन्द्रविन्दु स्थानीय तहलाई बनाउनुपर्ने उल्लेख गर्दै उनले सम्बन्धित केन्द्रीय निकायहरूले यसमा सहयोग गर्नुपर्नेमा जोड दिए । यस्तै केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन)का उपनिर्देशक झप्परसिंह विश्वकर्मा र एनसेटका ‘बलियो घर कार्यक्रम’का व्यवस्थापक रञ्जन ढुंगेलले कार्यविधि तथा १० बुँदे पुस्तिकाका बारेमा प्रस्तुति दिए ।

इन्जिनीयर एवं निर्माण प्राविधिकलाई उपयोगी हुनेगरी विस्तृत इञ्जिनीयरिङ ड्रइङ र डिजाइनसहित कार्यविधिको मस्यौदा तयार गरिएको छ । त्यस्तै, घरधनी एवं निर्माणकर्मीले बुभ्mनेगरी नेपाली भाषामा १० बुँदे सरल पुस्तिका पनि तयार भएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्