काठमाडौं, १० चैत । देशभर आज स्थानीय वायु र पश्चिमी वायुको प्रभाव परेकाले देशभरको मौसममा परिवर्तन रहन सक्ने मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विवराणमा उल्लेख छ ।
देशभरका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको र बाँकी भूभागमा आंशिक बदली भइरहेको महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विवराण अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बाँकी प्रदेशका पहाडी भूभागहरुका केही स्थानमा आंशिक र केही स्थानमा सामान्य बदली रहने छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको उल्लेख छ ।
महाशाखाका अनुसार आज रातिको मौसमको अवस्था पनि थोरै स्थानबाहेक देशका धेरै भूभागमा सामान्य नै रहनेछ । देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकी भूभागमा पनि आंशिक बदली हुन सक्ने उल्लेख छ ।
यस्तै गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूस्रपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।-दृष्टिबाट/File Photo