वीरगञ्ज, चैत ११ । मालवाहक साधनको भारवहन निर्देशिका कार्यान्वयन बारा–पर्सा औद्योगिक कोरिडोरका लागि निरन्तर किचलोको विषय बनेको छ । ट्राफिक व्यवस्थापनको जिम्मा पाएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयामा कार्यालय प्रमुख फेरिएसँगै कोरिडोरमा यो विवादको पुनरावृत्ति हुन्छ ।
चलखेलका छिद्र राखेर गृह मन्त्रालयबाट भएका निर्णय र निर्देशन कोरिडोरमा औद्योगिक कच्चा पदार्थ ढुवानीमा सकसको कारण बन्दै आएका छन् । यस्तै निर्देशनलाई देखाएर प्रदेश २ को ट्राफिक प्रहरीले अहिले कच्चा पदार्थ ढुवानीका साधनको भारवहन क्षमता कार्यान्वयनमा कडाइ गरेको हो ।
करीब २ वर्षअघि गृह मन्त्रालयले ‘सडक तथा यातायात नियमन निकायको अनुरोध नभएसम्म’ कच्चा पदार्थ ढुवानीका साधन नरोक्न निर्देशन दिएको थियो । वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार आयोजनाको पत्र देखाएर अहिले ट्राफिकले ढुवानीका साधन रोकेको छ ।
वीरगञ्ज सुक्खा बन्दरगाहबाट कच्चा पदार्थ ओसार्ने फलाम उद्योग यो समस्यामा बढी जेलिएका छन् । आर्थिक अभियान दैनिकबाट