काठमाडौं, ११ चैत्र । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले जारी गरेको आईपीओमा १५ लाख २३ हजार ४५० जनाले आवेदन दिएका छन् । बिक्री प्रबन्धक मेगा क्यापिटलको अनुसार मंगलबार साझसम्ममा २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिद गर्न आवेदन परेको हो ।
कम्पनीमा परेको आइपीओको आवेदन ९.१६ प्रतिशतले बढी हो । कम्पनीले २९ लाख कित्ता सर्वसाधारणको लागि बिक्रि खुल्ला गरेको आईपीओमा चैत्र ६ गतेदेखि १० गतेसम्म कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गरेको हो । यस अघि कम्पनीले आयोजना प्रभावित स्थानियको लागि आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीले जारी गरेको आईपीओ मध्ये १ लाख ४५ हजार सामुहिक लगानीकोष र ५८ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि छुट्टाएपछि बाकी रहेको २६ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको कम्पनीले जनाएको छ ।
कम्पनीको न्युनतम १० कित्तादेखि धेरैमा २ लाख कित्तासम्म शेयर खरिदका लागि आवेदन दिन सकिनेछ । कम्पनीले विक्रि तथा प्रबन्धकमा मेगा क्यापिटल मार्केट्र्स लिमिटेडलाई नियुक्त गरेको छ ।