काठमाडौं, १३ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको प्रस्थान नेपाली कांग्रेसका लागि मात्र नभई देशकै लागि अपूरणीय क्षति भएको बताएका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत नेता निधिले जोशीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जाली व्यक्त गरेका छन् ।
निधिले फेशबुकमा लेखेका छन्-
भावपूर्ण श्रद्धाञ्जली!
एक महिनाअघि मष्तिष्कघात भइ अस्पतालको शय्यामा जीवनका लागि सङ्घर्ष गरिरहनुभएका नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री नवीन्द्रराज जोशीको आत्माले अन्तत: भौतिक देह त्याग गरेको छ। विद्यार्थी छँदादेखि नै नेपालको लोकतान्त्रिक आन्दोलनमा होमिनु भएका जोशीको प्रस्थान नेपाली कांग्रेसका लागि मात्र नभई देशकै लागि अपूरणीय क्षति हो। जोशी जीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उहाँका परिवार/आफन्तजन/सुभेच्छुक सबैमा हार्दिक समवेदना प्रकट गर्दछु।