काठमाडौं, १५ चैत्र । अनलाइन मार्फत ठगी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । अनलाइन मार्फत रकम ठगी गरेको अभियोगमा चितवन रत्ननगर नगरपालिका-१ निपनी चोक बस्ने २१ वर्षीय विनेश महतो पक्राउ परेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा अनाधिकृत पहुँच पुर्याई मेसेञ्जरबाट पीडितहरुसँग विभिन्न बहाना बनाई झुक्याई ४७ हजार रुपैयाँ मोवाइल बैंकिङबाट ट्रान्सफर गरीदिनु भनि ठगी गरेको सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय टाँडी चितवनसँगको समन्वयमा उनलाई पक्राउ गरेको जनाएको छ ।
उनलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको उक्त महाशाखाले बताएको छ ।