Logo

अर्पण र स्वस्तिमाको ‘चिसो मान्छे’ भाद्रमा रिलिज हुने



काठमाडौं, १५ चैत्र । फागुन २७ गतेबाट सुरु भएको फिल्म ‘चिसो मान्छे’ को सुटिङ सकिएको निर्माण पक्षले जनाएको छ । ललितपुरबाट सुरु भएको फिल्मको सुटिङ बक्राङमा पुगेर शनिबार सकिएको हो ।

दीपेन्द्र के खनालले निर्देशन गरेको फिल्ममा नायिका स्वस्तिमा खड्का र नायक अर्पण थापाको मुख्य भुमिका रहेको छ । निर्मात्री शर्मिला पाण्डेको लगानीमा निर्माण भएको फिल्ममा देशभक्त खनाल, आशान्त शर्मा, झकेनलगायत कलाकारहरुको भुमिका रहेको छ । फिल्मको संवाद, पटकथा र छायांकन निर्देशक खनाल आफैले गरेका छन् ।

फिल्मले मलेशियाबाट आएको शव काठमाडौंबाट बाजुरासम्म पुरयाउदाको कथा बोकेको निर्मााण पक्षले जनाएको छ । फिल्म २०७८ सालको भाद्र ११ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्