काठमाडौं, १६ चैत्र । जिल्ला अदालत नवलपरासीले सीके राउतविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि उनलाई पक्राउको तयारी भएको छ । जनमत पार्टीका राउतमाथि राज्यविरुद्ध संगठित अपराधमा पक्राउ पूर्जी जारी भएपछि पक्राउको तयारी भएको हो ।
राउतलाई अदालतले ३५ दिनभित्र अदालतमा उपस्थित हुने सूचना जारी गरिएको हो । अब उनी अदालतमा उपस्थित भएलगत्तै पक्राउ पर्नेछन् । त्यसको तयारी समेत भएको छ ।
पृथकतावादी गतिविधिमा लागेका राउतले २४ चैत्र २०७५ मा सरकारसँग ११ बुँदे सहमति गरी मूलधारको राजनीतिमा आएको थिए । तर, उनीविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा दायर भएको थियो । मुद्दामा तामेली हुन नसकेपछि जिल्ला अदालतले उपस्थित हुन सूचना जारी गरेको हो ।
पछिल्लो समय राजनीतिक घटनाक्रम तरल अवस्थामा रहँदा राउतविरुद्ध पक्राउ पूर्जा जारी गर्नुलाई अर्थपूर्ण मानिएको छ ।