काठमाडौं, १६ चैत्र । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सरकारले लकडाउन लगाउने तयारी गरेको समाचार बाहिरिएका छन् । तर, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले भने लकडाउन नगर्ने बताएका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा मन्त्री त्रिपाठीले यस्तो बताएका हुन् ।
छिमेकी राष्ट्र भारतमा नयाँ भेरियन्टको भाइरस देखिएपछि त्यहाँ उच्च सतर्कता अपनाईएको छ । कतिपय राज्यमा स्वास्थ्य–सुरक्षाका मापदण्ड कडाईका साथ पालना गर्न सरकारले निर्देशन दिएको छ । भारतमा संक्रमितको संख्या पछिल्लो चार महिना यताकै सर्वाधिक बढि देखिएपछि नेपालमा समेत उच्च सतर्कता अपनाउन आवाज उठेको छ ।
मास्क नलगाउनेलाई कडा कारबाही गरिने
तर, स्वास्थ्य मन्त्री त्रिपाठीले भने तत्काल सरकारले लकडाउन नगर्ने स्पष्ट पारेका छन् । बरु, स्वास्थ्य–सुरक्षाका मापदण्ड पालना गराउन नयाँ विधि अपनाउन सकिने उनले प्रष्ट पारेका छन् । File Photo/ReportersNepal