बागलुङ, चैत १७ । नेपालकै एक मात्र शिकार आरक्ष ढोरपान शिकार आरक्षमा यस वर्षको दोस्रो शिकार याममा आठ नाउर र चार झारलको शिकार हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकारको दोस्रो याम (चैत–वैशाख)लाई कुल बाह्र जंगली जनावर शिकारका लागि बोलपत्र आह्वान गरेको हो । दोस्रो याममा आठ नाउर र चार झारलको शिकार हुने ढोरपाटन शिकार आरक्ष केन्द्रका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।
चालू आर्थिक वर्षको दोस्रो याममा शिकार शुरू भएपछि विदेशी शिकारी र भरिया आरक्ष पुगेको प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी दिए । दोस्रो सिजनका लागि स्पेनका तीन जना, अमेरिकाका एकजना, रसियाका एकजना, युक्रेनका एकजना र फ्रान्सका दुईजना आठ जना शिकारीले शिकार गर्ने
उनले बताए ।
ढोरपाटनमा शिकार गरेपछि अधिकांश शिकारीले मासु खाएर सिङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन् । अन्तरराष्ट्रिय स्तरमा हुने सिङको प्रतियोगितामा उनीहरूले लिने गरेका छन् । आर्थिक अभियान दैनिकबाट