काठमाडौं, १७ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष डा. भीम बहादुर रावललाई ६ महिनाको लागि साधारण सदस्यसमेत नरहनेगरि निलम्बन गरेपछि नेपाल पक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । नेपाल पक्षका स्थायी समिति सदस्यहरुको बैठक अहिले केही बेरमा बस्ने भएको छ।
ओलीको कदमको कडा रुपमा प्रतिवाद गर्ने र तल्ला तहसम्म नै समानान्तर कमिटी बनाउने नेपाल पक्षले घोषणा गरिसकेको छ । कतिपयले अब एमाले फुट्यो भनेर पनि आँकलन गरिसकेका छन् । तर, नेपालले भने आफूले एमालेभित्रै रहेर संघर्ष गर्ने बताएका छन् । र, उनले देशभरिका नेता तथा कार्यकर्ताहरुलाई ओलीको गलत कदमको विरुद्धमा एकजुट भएर उभिनपनि अपिल गरेका छन् ।
नेता नेपालले ओलीले गरेको निलम्बनको कारबाही आफ्नो लागि अमान्य भएको प्रतिक्रिया दिईसकेका छन् । उता, भीम रावलले पनि ओलीको स्वेच्छाचारीको आफूहरुले डटेर सामना गर्ने उद्घोष गर्दै कारबाही कुनैपनि हालतमा स्विकार्य नभएको प्रतिक्रिया दिएका छन् । File Photo/ReportersNepal