काठमाडौं, १७ चैत्र । नेकपा (एमाले) का नेता घनश्याम भुषालले पार्टी महासचिव ईश्वर पोखरेलको नामबाट सोधिएको स्पष्टीकरणपत्रको जवाफ फर्काएका छन् ।
भुषालले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर लेखेको स्पष्टीकरणपत्रको जवाफमा उल्टै ओलीलाई नै प्रश्न तेर्साएका छन् । र, अध्यक्ष ओलीले पार्टीलाई बन्धक बनाएर सत्ता र शक्तिको भोग गरेको गम्भीर आरोप लगाएका छन् । उनले ओलीलाई व्यक्तिवादको घोर नशाबाट व्यँुझन आग्रह गरेका छन् । भुषालले ११ पृष्ठ लामो जवाफ फर्काएका छन् । हेरौं उनको पत्रको पूर्णपाठ :