Logo

संसद विघटन गर्ने साथीहरु अहिलेपनि विजेताजस्तै छाती ठोकेर हिँडेका छन् : केसी (भिडिओसहित)



काठमाडौं, १७ चैत्र । राष्टिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालको लोकतान्त्रिक आन्दोलनमा रिपोर्टर्स क्लब नेपालको उल्लेखनीय भूमिका रहेको स्पष्ट पारेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालको २३औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् । उनले अहिलेको देशको स्थिति त्यति राम्रो नभएको टिप्पणी गरेका छन् ।

उनले कुनैपनि देशमा सबै अंगले आ आफ्नो ठाउँमा बसेर काम गर्ने स्मरण गर्दै संसद् विघटनलाई आफूहरुले सुरुदेखि नै विरोध गरेको बताए । उनले तत्कालिन नेकपाभित्रको अन्तरकलहको शिकार अहिले देश भएको भन्दै चिन्ता व्यक्त गरे । उनले अब सबै गल्ती कमजोरी सच्याएर आफूहरुले संसद् विघटन नहोस भनेर नै संविधानमा राम्रो व्यवस्था गरेको सुनाए । प्रतिनिधिसभा पूनःस्थापना भएपछि पनि हिजो संसद् विघटन गर्नेहरु विजेता बनेर छाती ठोकेर हिँडेको पनि उनले टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्