काठमाडौं, १७ चैत्र । सञ्चारमन्त्री पार्वत गुरुङले मुलुकले अहिले दिशा समातेको स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालको २३औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले पत्रकारिता र राजनीतिक दुवै क्षेत्रले जनताको मनोविज्ञान बुझेर काम गर्नुपर्ने पनि धारणा राखे । दुवै क्षेत्रमा विश्वासको संकट आउन थालेको भन्दै यसप्रति दुवै क्षेत्र सचेत हुनुपर्ने उनको भनाई छ ।
मन्त्री गुरुङले आफूहरुले मिडियालाई व्यवस्थित बनाउनको लागि आफूहरुले धेरै राम्रो काम गरेको भन्दै त्यही भएर कसैले पनि प्रश्न उठाउन नसकेको स्प्ष्ट पारे । उनले विज्ञापन बोर्डको अध्यक्ष केही दिनभित्रै नियुक्ती हुने पनि जानकारी दिए । उनले क्लबले नेपालको लोकतान्त्रिक आन्दोलनमा धेरै ठूलो योगदान पुर्याएको भन्दै धन्यवादसमेत दिए । उनले देश अब समृद्धितर्फको यात्रामा अघि बढेको सुनाए ।