Logo

अक्सिडेन्टल स्कुलले कब्जा गरेको पर्खाल भत्काउने संसद श्रेष्ठको चेतावनी



काठमाडौं, १८ चैत्र । प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले भूमि व्यवस्थामन्त्रीलाई टुडिखेलमा खाबो गाड्नू भन्दै व्यंग्य गरेका छन् । काठमाडौ अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलले कब्जा गरेको सार्वजनिक जग्गामा होर्डिङ बोर्ड नराखी छेवैको संरक्षित जग्गामा केही समय अघि भूमि व्यवस्थापनमन्त्रीले होर्डिङ बोर्ड राखेको प्रसंग कोट्‌याउँदै त्यही क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य श्रेष्ठले अक्सिडेन्टेल स्कुलले कब्जा गरेको जग्गामा बोर्ड नराखी संरक्षित जग्गामा बोर्ड राख्न टुडिखेलमा राखे सरह भएको उनको तर्क छ ।
उनले सदनमा नै अन्सिडन्टलले अतिक्रमण जग्गमा खाबो नगाडेको विषयमा काम देखाउनु छ भने खुला मञ्च र टुडिखेलमा खाबो गाड्नुहोस् होइन भने यो नाटक किन देखाउनुहुन्छ भनेको प्रसंग सुनाए । सांसद श्रेष्ठले सेटिङको आधारमा अक्सिडेन्टल स्कुलले कब्जा गरेको जग्गामा बोर्ड नराखेको उनको आरोप छ ।
अहिले पनि महानगरपालिकासँगको सेटिङमा भित्रै बाट पर्खाल लगाउने काम भइरहेको भन्दै सांसद श्रेष्ठले उक्त पर्खाल आफ्नै अग्रसरताम भत्याउने उद्घोष गरे । काठमाडौ महानगरपालिकाको मेयरले भूमाफियाको सेटिङमा काम गरिरहेको आरोप लगाउँदै उनले अक्सिडेन्टलको अतिक्रमित जग्गा खाली गराउने काममा पनि महानगरका मेयरले सेटिङमा काम गरेको दाबी गरे ।
आफूले पनि सार्वजनिक जग्गा संरक्षणमा काम नगरेको र वडाध्यक्षहरूलाई पनि काम गर्न नदिएको भन्दै सांसद श्रेष्ठले मेयर विद्यासुन्दर शाक्यको आलोचना गरे । उनले मेयरको ध्यान महानगरको विकासमा भन्दा पनि चुनाव केन्द्रीत भएर गुठी गुठीमा भोज गर्नका लागि करोडौं पैसा बाड्दै हिडेको आरोप लगाए ।


प्रतिक्रिया दिनुहोस्