Logo

प्रचण्डले दर्ता गराएको पुनरावलोकन सम्बन्धी मुद्धामा अनुमति नहुने सर्वोच्च अदालतको आदेश



काठमाडौं, १९ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकता बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पूनरावलोकन गर्न गरेको माग सर्वोच्च अदालतले अस्विकार गरेको छ ।

आज बसेको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको पूर्ण इजलासले चैत्र १७ गते प्रचण्डले दर्ता गराएको पुनरावलोकन सम्बन्धी मुद्धामा अनुमति नहुने आदेश दिएको हो । इजलासमा प्रधानन्यायाधीश राणासँगै न्यायाधीशद्धय तेजवहादुर केसी र प्रकाश ढुंगाना थिए । file photo



प्रतिक्रिया दिनुहोस्