Logo

१६ वर्षमै बिहे, दुई महिनादेखि कुटपिट



जनकपुर, चैत २० । कानुनले बाल विवाहलाई बन्देज लगाए पनि जनकपुरधाम उपमहानगरपालिका–७ की आरतीको १६ वर्षकै उमेरमा २०७३ सालमा धनुषाको देपुरा रूपैठा गाउँका सञ्जीवसँग बिहे भयो। परिवारले दुई लाख नगद, एक तोला सुन र घरजम गर्ने सबै सरसामान दाइजो दियो।

सुनचाँदी कारिगरको काम गर्ने सञ्जीवले लागूऔषध र मदिरा सेवन गरी बिहेको दुई महिनादेखि आरतीलाई कुटपिट गर्न थाले। ‘मैले ससुरालीमा नर्क भोगें। कुटपिटको त कुरै नगर्नुस् कुनै यस्तो दशा छैन जुन मैले भोगिनँ’, आरतीले भनिन्, ‘म र मेरी छोरीलाई खानलाउन गाह्रो भएपछि गाउँमै केही काम गर्न थालें। तर, घरपरिवारलाई त्यो पनि सह्य भएन। डेढ वर्षअघि छोरीलाई लिएर जनकपुर आई श्रीमान्सँग छुट्टै बस्न थालेकी हुँ।’

उनका बुवा सुबोधले तरकारी व्यापार गरेर छोराछोरीको पालनपोषण गर्दै आएका छन्। सुबोधले नै छोरीलाई ससुरालीमा दिनरात हिंसा सहनुपर्ने समस्यालाई हेर्दै बरु जनकपुरमै बसेर छुट्टै तरकारी बेचेर जीवन चलाउन सुझाव दिए। आरती आफू र छोरीका लागि मेहनत गर्न थालिन्। तर, सञ्जीवले दुःख दिन छाडेनन्। त्यसकै परिणाम भोगिरहेका छन् सञ्जीव। उनी पुर्पक्षका लागि जलेश्वर कारागारमा छन्। अन्नपूर्ण पोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्