एजेन्सी, २२ चैत्र । बलिउड स्टार कंगना रनौटले कम्युनिस्टहरुलाई युगकै राक्षस भनेकी छिन् । उनले कम्युनिस्टहरुले भगवानसम्बन्धी विचारलाई घृणा गर्ने र क्रुरता देखाउने टिप्पणी गरेकी छिन् ।
‘कम्युनिस्टहरु युगका राक्षस हुन्,’ कंगनाले ट्वीटमा भनेकी छिन्,‘भगवानसम्बन्धी विचारलाई घृणा गर्नुले उनीहरुलाई पाप र धर्मको बेवास्ता गर्दै अरुलाई पीडा दिने र क्रुरताको लाइसेन्स दिएको छ ।’
भारतको छत्तीसगढ राज्यमा कम्युनिस्ट नक्सलहरुको आक्रमणबाट सुरक्षाकर्मी मारिएपछि कंगनाको ट्वीट आएको हो ।
उनले आज मात्रै ट्वीट गर्दै हिन्दु मन्दिरहरु दयनीय अवस्थामा रहेको उल्लेख गरेकी थिइन् । पुजारीलाई कुट्ने, मन्दिरमा पिसाब फेर्ने र दान पेटिकामा कन्डम फाल्ने कार्य भएको भन्दै आलोचना गरेकी थिइन् ।