काठमाडौं, २२ चैत्र । नेकपा (एमाले) माधव कुमार नेपाल र झलनाथ खनाल समूहले काठमाडौंमा समानान्तर कमिटी घोषणा गरेको छ । आज एक कार्यक्रमका बीच नेपाल समूहले वसन्त मानन्धरको अध्यक्षतामा २ सय २५ सदस्यीय कमिटी घोषणा गरेको हो ।
बामदेव गौतम र हामी एउटै ठाउँमा उभिदै छौंः माधवकुमार नेपाल
कमिटीको उपाध्यक्षमा शोभा सापकोटा, सचिव कुसुम कार्की र उपसचिव लक्ष्मीप्रसाद श्रेष्ठ रहेका छन् । संस्थापन समूहको अध्यक्ष भने कृष्ण राई रहेका छन् । कृष्ण राई संघीय सांसद हुन् भने मानन्धर बागमती प्रदेश सांसद रहेका छन् ।