Logo

कर्णाली प्रदेशः एमालेका तीन जना मन्त्रीले आज राजीनामा दिने



काठमाडौं, चैत २३ । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीन जना मन्त्रीहरूले आज राजीनामा दिने भएका छन्। हिजो बसेको संसदीय दलको बैठकले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको थियो।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको वर्तमान सरकारमा एमालेकातर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सहभागी छन्।

एमाले संसदीय दलको बैठकमा एमालेका १९ जना सांसद छन्। एमालेको चैत ४ गतेको दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गरेको थियो। उक्त निर्णयलाई पनि बैठकले अनुमोदन गरेको छ।



प्रतिक्रिया दिनुहोस्