Logo

माउतेमाथी आक्रमण गर्ने नरभक्षी बाघ नियन्त्रणमा, सदर चिडियाखाना ल्याउने तयारी



काठमाडौं, चैत २३ । गैँडा गणनामा संलग्न माउतेलाई आक्रमण गरी भागेको नरभक्षी बाघलाई आइतवार राती नै ‘डार्ट’ गरी नियन्त्रणमा लिइएको छ ।आइतवार साँझ बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको गैँडा मचान नजिकै गणनामा सहभागी हात्ती माउते पुलिसराम चौधरीलाई आक्रमण गरी भागेको नरभक्षी बाघलाई राती नै नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ ।

माउते चौधरी र उनी चढेको हात्तीमाथि साँझ ५ः३० बजेतिर बाघले आक्रमण गरेको थियो । तत्काल गणना टोलीले उद्धार गर्दा करिब सात सय मिटर झाडीसम्म लछारेर माउते चौधरीलाई बाघले छाडेर जंगलतर्फ भागेको थियो ।

नियन्त्रणमा लिइएको बाघलाई आजै जावलाखेलस्थित सदरचिडियाखाना ल्याउने तयारी भईरहेको छ ।यसअघि डार्ट गरेर नियन्त्रणमा राखिएको एउटा नरभक्षी बाघ बाँके राष्ट्रिय निकुञ्जको खोरबाट भागेको थियो ।



प्रतिक्रिया दिनुहोस्